एसियन कप छनोटमा नेपालको विजयी सुरुवात

Manoj Shiama
30 June, 2025 5:18 am

नेपालले आफ्नो १०० औ अन्तर्राष्ट्रिय खेलमा अभूतपूर्व सफलता पाएको छ । अन्तर्राष्ट्रिय खेल खेल्न सुरु गरेको ४० वर्षमा नेपालले आइतबार १०० औ अन्तर्राष्ट्रिय खेल खेलेको हो । उज्बेकिस्तानको मिली अन्तर्राष्ट्रिय रंगशाालमा आइतार सम्पन्न एएफसी एसियन कप छनोटमा सावित्रा भण्डारी ‘साम्बा’को ४ गोलसँगै नेपालले लाओसलाई ४–० ले हरायो ।  

नेपालको यो शतकीय खेललाई अविस्मरणीय बनाउन साम्बाबाहेक अनिता बस्नेत, सरु लिम्बू, अनिता केसी र रश्मिकुमार घिसिङले समान एक गोल गरे । खेलको १२औँ मिनेटमै नेपालले बस्नेतको गोलमार्फत सुरुआती अग्रता लियो । साम्बाले हेडरमार्फत दिएको बललाई उनले हलुका रुपिले नियन्त्रणमा लिँदै गोल गरिन् । 

नेपालले पहिलो हाफ सकिन केही समय अघि अग्रता दोब्बर बनाएको हो । अनिताको उत्कृष्ट क्रसलाई यही खेलमा कप्तानी जिम्मेवारी पाएकी साम्बाले हेडरमार्फत गोल गरिन् । पहिलो हाफ सामान्य प्रदर्शन गरेको नेपाल दोस्रो हाफमा आक्रामक देखियो । 

दोस्रो हाफको सुरुआती दुई मिनेटमै नेपालले तेस्रो गोल थप्यो। सबिता राना मगरले बक्सभित्रबाट दिएको कट पास बललाई सरुले पहिलो टचमै गोलको दिसा दिएकी हुन् । ५५औँ मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन् । लाओसकी किपरले क्लियर गर्न खोजेको बल साम्बाको खुट्टामै पुगेको थियो । विपक्षी गोलरक्षकको यसै अस्वाभाविक गल्तीको फाइदा उठाइन् उनले नेपालको अग्रतालाई थप फराकिलो बनाइन् । 

त्यसको एक मिनेटपछि नै रश्मिले अर्को गोल थपिन् । योसँगै नेपालले ५–० को फराकिलो अग्रता लिएको हो । ७४औँ मिनेटमा साम्बाले ह्याट्रिक पूरा गरिन् । नेपालले त्यसपछि तीन गोल थपेको हो । ७९औँ मिनेटमा साम्बाले ६२औँ अन्तर्राष्ट्रिय गोल गरिन् । ८३औँ वैकल्पिक खेलाडी केसीले अर्को गोल थप्दा नेपालले ८–० को फराकिलो अग्रता लिइसकेको थियो । त्यसको एक मिनेटपछि नै साबित्राको प्रहार लाओसको डिफेन्डरलाई लाग्दै गोल हुन पुग्यो । 

नेपालले समूहमा रहेका श्रीलङ्का र उज्बेकिस्तानसँग खेल्ने छ । समूहमा पहिलो हुने टोली एसियन कप फुटबल प्रतियोगिताका लागि छनोट हुने छ ।