फिफा क्लब विश्वकप :अकल्यान्डको विरुद्धमा म्युनिखको १० गोल

क्लब विश्वकप फुटबलको आइतबार भएको समूह बिको खेलमा वायरन म्युनखले अकल्यान्ड सिटीलाई १०–० ले हराएको छ । सो खेलमा जमाल मुसियलाले ह्याट्रिक गरेका थिए भने थोमस मुलरले दुई गोल गरेका थिए ।
खेलको छैटौँ मिनेटमा किङ्ले कोम्यानको गोलमा वायरनले अग्रता लिएको थियो । त्यसको १२ मिनेट पछि साचा बोयले अर्को गोल गरेका थिए । माइकल ओलिसेले अर्को गोल गरे म्युनिख तेस्रो गोलको अग्रता लिन सफल भएको थियो । २२ औ मिनेटमा कोम्यानले अर्को गोल गरे ।
वायरनका लागि अन्तिम सिजन खेली रहेका मुलरले ४५ औ मिनेटमा गोल गरे भने पहिलो हाफको इन्जुरी समयमा ओलिसेले थप गोल गरे । ओलिसीले पहिलो हाफको इन्जुरी समयमा गोल गरे ।
दोस्रो हाफमा बेन्चबाट आएको मुसियलाले पेनाल्टी मार्फत ६७ औ मिनेटमा पहिलो गोल गरेका थिए । त्यसको ६ मिनेट पछि पेनाल्टी मार्फत गोल गरेका उनले ८४ औ मिनेटमा ह्याट्रिक पुरा गरे । मुलरले वायरनको अन्तिम गोल गरे ।