इक्वेडर विश्वकपमा छनोट

Manoj Shiama
11 June, 2025 12:26 pm

इक्वेडर सन् २०२६ को विश्वकपमा छनोट हुने तेस्रो दक्षिण अमेरिकी टोली बनेको छ । यस अघि अर्जेन्टिना र ब्राजिल विश्वकपमा छनोट भइसकेका छन् । बुधवार बिहान भएको खेलमा इक्वेडर र पेरु बिच गोल रहित बराबरी भएको हो । 

बराबरी पछि इक्वेडरको २५ अङ्क भएको छ । दक्षिण अमेरिकाबाट ६ टोली सिधै विश्वकपमा प्रवेश गर्ने छन् । दुई खेल बाँकी रहँदा सातौँ स्थानको भेनेजुएलाको १८ अङ्क छ । दक्षिण अमेरिकी समूहमा अब दुई खेल खेल्न बाँकी छ ।