उरुग्वे र बोलिभियाको जित

Manoj Shiama
11 June, 2025 11:19 am

दक्षिण अमेरिकी राष्ट्रहरूको विश्वकप छनोट खेलमा उरुग्वे र बोलिभियाले जित हात पारेका छन् । बुधवार बिहान बोलिभियाको लापाजमा भएको खेलमा घरेलु टोलीले चिलीलाई २–० ले हराएको हो । 

बोलिभियाका टेस्केरोस र मोन्टेरोले गोल गरे । विजयी टोलीका चाभेज र चिलीका सियरल्टाले रातो कार्ड पाए । उरुग्वेले भेनेजुएलालाई २–० ले हराएको हो । ४३ औ मिनेटमा अगुइरेको गोलमा अग्रता  लिएको उरुग्वेका लागि ४७ औ मिनेटमा जिडी आरास्केटाले गोल गरे ।