अर्जेन्टिना र कोलम्बियाको बराबरी 

Manoj Shiama
11 June, 2025 11:11 am

दक्षिण अमेरिकी समूहको विश्वकप छनोट अन्तरगत बुधवार भएको अर्जेन्टिना र कोलम्बिया बिचको खेलमा १–१ गोलको बराबरी भएको छ । २४ औ मिनेटमा लुइस डियाजको गोलमा कोलम्बियाले अग्रता लिएको थियो । 

घरेलु टोली अर्जेन्टिनाका लागि ८१ औ मिनेटमा थिएगो अल्माडाले गोल गरे । दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको १६ खेलमा ३५ अङ्क छ । अर्जेन्टिना  यस अघि नै छनोट भइसकेको छ । कोलम्बियाको १६ खेलमा २२ अङ्क छ । कोलम्बियाको २२ अङ्क छ । दुई खेल बाँकी रहँदा छैटौँ स्थानको कोलम्बियाले सातौँ स्थानको भेनेजुएलालाई ४ अङ्कले पछि पारेको छ । दक्षिण अमेरिकाबाट ६ टोली सिधै विश्वकपमा प्रवेश पाउने छन् ।