जुनियरको गोलमा ब्राजिलको विश्वकप यात्रा

Manoj Shiama
11 June, 2025 11:08 am

विश्वकप विजेता ब्राजिल सन् २०२६ को विश्वकपका लागि छनोट भएको छ। बुधवार बिहान भएको खेलमा ५ पटकको विश्वकप विजेता ब्राजिलले पाराग्वेलाई १–० ले हराएको हो । ब्राजिलका लागि खेलको ४४ औँ मिनेटमा भिन्सियस जुनियरले निर्णायक गोल गरे ।

नयाँ प्रशिक्षक कार्लो एन्सेलोटीका प्रशिक्षणमा ब्राजिलको यो पहिलो जित हो। एन्सेलोटीले टोलीको जिम्मा सम्हालेपछि गत साता भएको खेलमा ब्राजिललाई इक्वेडरले गोल रहित बराबरीमा रोकेको थियो ।

जितपछि ब्राजिलको २५ अङ्क भएको छ। दक्षिण अमेरिकाबाट ६ टोली सिधै विश्वकपमा प्रवेश गर्ने छन्। दुई खेल बाँकी रहँदा सातौँ स्थानको भेनेजुएलाको १८ अङ्क छ । दक्षिण अमेरिकी समूहमा अब दुई खेल खेल्न बाँकी छ ।