फुटबल खेलाडी गुरुङलाई मातृशोक

Manoj Shiama
28 April, 2015 10:04 pm

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य एवं थ्रीस्टार क्लबका मिडफिल्डर विजय गुरुङलाई मातृशोक परेको छ। गुरुङकी ममतामयी माता गौधरी गुरुङको ७३ वर्षको उमेरमा मंगलबार बिहान पाँच बजे आफ्नै निवास पोखरा–१५ रामबजारमा निधन भएको कास्की जिल्ला फुटबल सङ्घका उपाध्यक्ष मिलन गुरुङले जानकारी दिए । मनकामना गाविस वडा नं. १ सपौंदी स्याङ्जामा जन्मिएकी गुरुङका राजु गुरुङ, विजय गुरुङ, विकास गुरुङ र विक्की गुरुङ गरी चार छोरा छन्। गुरुङको मंगलबार नै पोखरा रामघाटस्थित बौद्ध अर्घौं सदनमा दाहसंस्कार गरियो।स्वं गुरुङको पार्थिव शरीरमा सभासद् शारदा पौडेलले नेपाली काङ्ग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली दिएकी थिइन्।

स्व. गुरुङ कृष्णमन्दिरको संरक्षक, आँधीखोला स्याङ्जा समाजको संस्थापक सदस्य थिइन्। उनी वि.सं २०५४ सालमा भएको स्थानीय निर्वाचनमा पोखरा–१० को महिला सदस्यमा निर्वाचित भएकी थिइन्।