एनसेल एनएसएलको मुख्य प्रायोजक
Manoj Shiama
8 March, 2025 6:04 am

नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्सर रहने भएको छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एसएसइएम) ले आयोजना गर्ने एनएसएल नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल लिग हो।
शुक्रवार यस साझेदारीको घोषणा गरिएको हो । सन् २०२१ मा स्थापना भएको एनएसएललाई एसएसइएमले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा आयोजना गर्दै आएको छ ।
एनएसएलको आधिकारिक खेल २९ मार्चबाट सुरु हुनेछ । यस प्रतियोगितामा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी सहित सात टिमहरूबिच कडा प्रतिस्पर्धा हुनेछ ।