सिटिजन्स बैंक खुला टेनिस अर्को साता

tennis
अखिल नेपाल लनटेनिस संघ र दशरथ रंगशाला टेनिस परिसर व्यवस्थापन समितिको संयुक्त आयोजनामा चौथो सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता १३ बैशाख देखि हुने भएको छ । प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुष÷महिला एकल र पुरुष डबल्स, भेट्रान्स ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथिको सिंगल्स र डबल्स तथा ६५ वर्षमाथि सिंगल्समा खेल हुनेछ । पुरुषडबल्स विधा यो संस्करणदेखि थपिएको लनटेनिस संघकामहासचिवएवं सिटिजन्स बैंकका निर्देशक मनोहरदास मुलले पत्रकार सम्मेलनमा जानकारी गराए ।
५५ वर्षमाथि र ६५ वर्षमाथिबाहेक अन्य सबै विधामानगद पुरस्कार राखिएको छ । १ लाख७५ हजारनगद र गिफ्ट ह्याम्पर २५ हजारसहितकुल पुरस्कार २ लाख रुपैयाँ रहेको छ । सिटिजन्स बैंक मुख्यप्रायोजक रहेको प्रतियोगिताका खेलहरु त्रिपुरेश्वर र सातदोबाटोस्थित टेनिस कोर्टमा खेलाइनेछ ।प्रतियोगिता बैशाख १९ गते सम्पन्नहुनेछ ।

Comment