खुल्लातर्फ राजन सुवेदी राष्ट्रिय च्याम्पियन


झापाका राजन सुवेदी नेसनल चेस च्याम्पियनसिपमा नयाँ च्याम्पियन बनेका छन् । उनले अन्तिम तथा ११औँ चरणमा बिहीबार प्रेमकृष्ण महर्जनलाई पराजित गर्दै ८ अंक सहित उपाधि जितेका हुन् । देशका उत्कृष्ट १२ खेलाडी सहभागी नेसनल चेस च्याम्पियनसिप २०२४ को राउन्ड रोबिन लिगको अन्तिम खेलमा जित हात पार्दै सर्वाधिक ८ अंक सहित राजन च्याम्पियन भएका हुन् । राजनले ७ जित, २ बराबरी र २ हारको नतिजा निकाले ।
३५ वर्षीय राजनले नयाँ विजेता बनेसँगै सेप्टेम्बरमा हंगेरीमा हुने ४५औँ चेस ओलम्पियाडको लागि नेपाली टिममा स्थान सुरक्षित गरेका छन् । त्यसै गरी झापा कै सुश्रुत दाहाल र पूर्व नेपाल च्याम्पियन क्षितिज भण्डारी दोस्रो र तेस्रो स्थानमा रहेर ओलम्पियाडको यात्रा तय गरे ।
समान ७.५ अंक भए पनि क्षितिज टाई ब्रेकरमा सुश्रुत सँग पछाडि परेका थिए । सुश्रुतले फाइनल चरणको खेलमा पुरुषोत्तम सिलवाललाई पराजित गरे भने क्षितिजले दोलखाका राजीव कार्कीलाई हराएका थिए ।
नेसनल च्याम्पियनसिपबाट शीर्ष ३ पुरुष र उत्कृष्ट ४ महिला खेलाडी ओलम्पियाडको लागि छनोट भएका हुन । महिलातर्फ अन्तिम चरणको खेलमा कृति सारा अधिकारीसँग पराजित भएता पनि ९ अंक सहित दोस्रो पटक नेपाल च्याम्पियन हुन सफल भइन् ।
सिन्दिरले ११ औँ चरणसम्मको खेलमा आठ खेलमा सफलता हात पारे भने दुई खेलमा हार बेहोरेका थिए । झापाका कृति सारा अधिकारी उप विजेता र कास्कीका पूजा भण्डारी तेस्रो भइन् । शान्ति धिमाल चौथो स्थानमा रहेर ओलम्पियाडको लागि स्थान बनाउन सफल भइन् ।
लुम्बिनी इभेन्ट म्यानेजमेन्टका प्रबन्धक निर्देशक सुबोधराज शेर्पाली सभापतित्वमा भएको र समापन तथा पुरस्कार वितरण समारोह नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले पुरस्कृत गरे ।
नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्याय तथा कार्यक्रम संयोजक दिपेन राईका अनुसार आर्थिक व्यवस्थापनमा सहकार्य गर्ने हिमालयन प्रपोटी म्यानेजमेन्ट प्रा.ली.भक्तपुर, ओम क्वालिटी फाइबर ग्लास एन्ड ग्रील मेटल इण्ड प्रा.ली. कीर्तिपुर काठमान्डु , प्रभु बैंक, ग्लोबल आइएमइ बैंक, नेपाल टेलिकम, रुक्मिणी टुर्स एन्ड ट्राभल्सको प्रायोजन रहेको जानकारी गराएका छन् ।

Comment