सही लयमा चेस खेलाडी जिएलसीका अबिन

नवौँ गणेश मान सिंह स्मृति राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि रुपेस जयसवालले जितेका छन् । सो प्रतियोगितामा मिलन लामा दोस्रो, क्षितिज भण्डारी तेस्रो तथा पुरुषोत्तम सिलवाल चोथो भए । 

सोही प्रतियोगितामा केही युवा खेलाडीको प्रदर्शन सम्झन लायक थियो । यसै सम्झन लायक प्रदर्शन गर्ने खेलाडीमा जिएलसी एजुकेसनल हबको प्रायोजनमा खेलेका अमिन पाण्डे पनि हुन् । १५ वर्षको हाराहारीमा रहेका उनले १६०० रेटिङ मुनीको क्याटोगोरीमा पहिलो स्थान पाएका हुन् । पाण्डे बिएन एकेडेमीका विद्यार्थी हुन् । 

पाण्डेलाई सम्भावना भएको खेलाडीको रूपमा हेरेर जीएलसीले प्रायोजन गरेको हो । 

Comment