प्रीतिको निर्णायक गोलमा नेपालको फाइनल यात्रा

प्रीति राईको सानदार गोलमा बुधवार बिहान सम्पन्न खेलमा लेबनानलाई हराउँदै  नेपाल पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बुधवार सम्पन्न खेलमा लेबनानलाई २–१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपालका लागि सावित्रा भण्डारी र प्रीति राईले एक÷एक गोल गरे ।

खेलको ३८औँ मिनेटमा आत्मघाती गोलमार्फत लेबनानले अग्रता बनाएको थियो । डिबक्स अगाडीबाट डिफेन्डर पूजा रानाले दिएको ब्याक पास सीधै गोलपोष्टमा प्रवेश गरेपछि लेबनानले आत्मघाती गोल उपहार पाएको थियो ।

खेलमा १–० ले पछि परेको अवस्था उल्टाउँदै सावित्राले खेलको ७६औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएकी थिइन् ।  रोमाञ्चक बनेको खेलमा प्रीतिले खेलको अतिरिक्त समयमा सुन्दर गोल गर्दै नेपाललाई २–१ जित दिलाइन् ।

नेपालले अतिरिक्त समयमा कर्नर किक पाएको थियो । विमला चौधरीले प्रहार गरेको कर्नर क्लियर भएपछि बक्स बाहिर पुगेको थियो । प्रीतिले बक्स बाहिरबाटै प्रहार गरेको बल गोलमा परिणत भयो ।

फाइनलमा नेपालले जोर्डनको सामना गर्ने छ । यसअघि आज नै भएको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० गोलले पराजित गर्दै जोर्डन फाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको फाइनल खेल आगामी बिहीबार हुनेछ ।

Comment