एन्फाको साधारण सभा सम्पन्न

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को वार्षिक साधारण सभाले सोमबार फुटबलको वार्षिक क्यालेन्डर अनुमोदन गरेको छ । साधारण सभाले वर्षको सहिद स्मारक बी डिभिजन लिग र सी डिभिजन लिग चैतदेखि आयोजना गर्ने तय छ ।

ए डिभिजन लिगअघि आगामी असोजदेखि कात्तिकसम्म नेपाल सुपर लिग फ्रेञ्चाइज फुटबल हुनेछ । 

साधारण सभाबाट ०७९÷०८० को बजेट अडिटलाई अनुमोदन गरेको पनि एन्फा प्रवक्ता सुरेश साहले बताए । उनले साधारण सभाले लेखा परीक्षण तथा अनुपालन समितिको कार्यकाल थप गर्ने निर्णय गरेको जानकारी दिए । यसअघि नै एन्फाले दीपक खातीको संयोजकमा प्रवीणकुमार झा र सुकबहादुर गुरुङको सदस्यतामा लेखा परीक्षण तथा अनुपालन समिति बनाएको थियो ।

उनले भने, ‘आज हामीले नियमित साधारण सभा समापन सम्पन्न गरेका छौँ । ०७९÷०८० को बजेट अडिटलाई अनुमोदन गरेका छौँ । २०८०÷०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन गरेका छौँ । लेखा परीक्षण तथा अनुपालन समितिको कार्यकाल थप गर्ने निर्णय भएको छ । त्यसमा दीपक खाती संयोजक, प्रवीणकुमार झा सदस्य र सुकबहादुर गुरुङ सदस्य हुनुहुन्छ । २०८०÷८१ को हाम्रो अनुमानित बजेट ६७ करोड, ६७ लाख ६६ हजार ०६० रहेको छ । खर्चको पनि ६७ करोड ६६ लाख रुपैयाँ पास गरिसकेका छौँ । ‘

Comment