ललितपुर एफसी फाइनलमा


ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ । विबिहबार भएको खेलमा पोखरा थन्डर्सलाई २–१ गोल हराउँदै ललितपुर फाइनलमा प्रवेश गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा पहिलो हाफमै १० खेलाडीमा सीमित ललितपुरले पोखरामाथि जित निकाल्न सफल भयो ।
खेलको ३३ औँ मिनेटमा निखिल कदमले रातो कार्ड पाएपछि ललितपुर १० खेलाडीमा समेटिएको थियो । ललितपुरका लागि पहिलो हाफको इन्ज्युरी समयमा इमोह इजेकेलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
पोखराका लागि दोस्रो हाफमा पापा अनोरले बराबरी गोल फर्काए । निर्धारित समयमा खेल एक एक गोलमा सकिएपछि खेल निर्धारित समयमा गएको थियो । अतिरिक्त समयको पहिलो हाफमा ललितपुरका कुशल देउवाले गोल गर्दै जित दिलाए । अब ललितपुरले धनगढीसँग उपाधिका लागि खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।
पहिलो क्वालिफायरमा धनगढीसँग हारेको पोखरा आज ललितपुरसँग हार्दै फाइनल पुग्नबाट बाहिरियो । ललितपुरले भने काठमाडौंलाई पन्छाउँदै क्वालिफायर यात्रा तय गरेको थियो ।

Comment