मङ्सिर मङ्सिर अन्त्यमा टिम च्याम्पियनसिप साता टिम च्याम्पियनसिप

       नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव स्वर्गीय तुलसीलाल अमात्यको स्मृतिमा ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासङ्घको संयुक्त आयोजना रहेको छैटौँ तुलसीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता यही पुस २३ देखि २८ गतेसम्म हुने भएको छ।        ललितपुरको ज्यासल स्थित तुलसीलाल प्रतिष्ठान हलमा लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेता टिमले नगद पुरस्कार २ लाख , उपविजेताले १ लाख २० हजार , तेस्रो स्थान प्राप्त गर्ने टिमले ६० हजार र चौथो हुने टिमलाई ४० हजार नगद पुरस्कार प्रदान गरिनेछ। त्यसै गरी प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरूलाई जनही १०/१० हजार  पुरस्कारको व्यवस्था गरिएको छ। जस अनुसार कूल पुरस्कार राशि ४ लाख ७० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक राजु ताम्राकारले जानकारी गराएका छन्।      

  विगत भन्दा फरक शैलीमा खेलाइने प्रतियोगिताका प्रत्येक टिममा वैकल्पिक सहित ५ जना खेलाडीहरूको सहभागिता रहनेछ। जस अनुसार प्रतियोगिता संरचनामा खेलाडीहरूलाई A, B, C र D गरी चार समूह  वर्गीकरण गरिएको छ। जस अनुसार समूह ए मा टाइटल प्राप्त खेलाडी, पूर्व नेपाल च्याम्पियन, राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट दश स्थान प्राप्त खेलाडी तथा १९०० रेटिङ माथिका खेलाडी रहने छन्। समूह बि मा १९०० रेटिङ मुनिका खेलाडीहरू, समूह सी मा यु २० र समूह डी मा यु १६ वा महिला खेलाडी रहने छन् । वैकल्पिक खेलाडीमा जुन समूहको खेलाडी हो त्यही ठाउँमा प्रतिस्पर्धा गर्न पाउने छन।      प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन थापाथली चेस पार्क क्लब , ललितपुर स्पोर्ट्स क्लब , गजुरमुखी चेस क्लब , गोल्डेन गेट क्लब , लुम्बिनी इभेन्ट म्यानेजमेन्ट टिम, हिमालयन चेस क्लब  लगायत सातै प्रदेशका टिमहरूको सहभागिता रहने महासचिव धरम बहादुर लामाले प्रेस विज्ञप्ति मार्फत जानकारी गराए।     यस प्रतियोगिता सञ्चालन गर्न कूल अनुमानित खर्च नगद ३१ लाख लाग्ने जानकारी गराएका छन्।

उक्त रकमको व्यवस्था बाग्मती प्रदेश खेलकुद परिषद् हेटौँडा , राष्ट्रिय खेलकुद परिषद् , स्थानीय तह , शुभेच्छुक सङ्घ संस्था र प्रतिष्ठित व्यक्तिहरूको सहयोग रहने कावा अध्यक्ष हेराकाजि महर्जनले जानकारी गराएका छन्।

Comment