काठमाडौं र ललितपुर प्ले अफमा

काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी दोस्रो एनएसएल फुटबल प्रतियोगिताको प्ले अफमा प्रवेश गरेका छन् । पहिलो चरणको अन्तिम खेलमा काठमाडौँले ललितपुरलाई १–० ले हरायो । काठमाडौँका आन्द्रेस नियाले पहिलो हाफको इन्जुरी समयमा गोल गरे । निया खेलको म्यान अफ द म्याच समेत घोषित भए । 

यस अघि भएको खेलमा एफसी बुटवल लुम्बिनीले वीरगन्ज युनाइटेडलाई १–०ले हराए पछि ललितपुरको प्ले अफ यात्रा निश्चित भई सकेको थियो । लुम्बिनीका लागि चन्दन दासले इन्जुरी समयमा गोल गरे । बुटवलमा एरिक विष्ट म्यान अफ द म्याच घोषित भए । 

Comment