पोखरा शीर्ष स्थान ओगट्दै प्ले अफमा

पोखरा थन्डर्सले नेपाल सुपर लिगमा पहिलो स्थान हात पार्दै प्ले अफमा प्रवेश पाएको छ । पोखराले शुक्रवार भएको खेलमा दोस्रो स्थानमा रहेको धनगढी एफसीसँग १–१ गोलको बराबरी गरेको हो । ४२ औ मिनेटमा अग्रता लिएको धनगढीको विरुद्धमा ९० औ मिनेटमा पोखराका मोसेस गयाव ट्वामले गोल गरे । धनगढीका मोहम्मद टाहा म्यान अफ द म्याच घोषित भए । पहिलो चरणको समाप्तिमा पोखराको १५ तथा धनगढीको १३ अङ्क छ । धनगढी पनि प्ले अफमा प्रवेश गरेको छ । 

अर्को खेलमा एफसी चितवनले झापा एफसीलाई नका रफिक अमिनुले सातौँ र ७७ औ मिनेटमा गोल गरे । चितवनका विशाल श्रेष्ठ जुनियर खेलका म्यान अफ द म्याच घोषित भए । अङ्क तालीकामा ललितपुर सिटी एफसी र झापा एफसीको १० अङ्क छ । गोल अन्तरको आधारमा झापा चौथो स्थानमा छ । 

चितवन बाहिरी सकेको छ । छैटौँ स्थानमा रहेको काठमाडौं रेजर्सको ९ तथा वीरगन्ज युनाइटेडको ८ अङ्क छ । ललितपुर, काठमाडौँ, झापा र  वीरगन्ज मध्ये दुई टोली प्ले अफमा प्रवेश गर्ने छन् । 

शनिवार काठमाडौँ र ललितपुरका बिच खेल हुने छ  विजयी टोली प्ले अफमा प्रवेश पाउने छ । बराबरीले ललितपुर प्ले अफमा प्रवेश गर्ने छ भने काठमाडौँका लागि वीरगन्ज र बुटवलको खेल निर्णायक हुने छ । 

Comment