पोखराको महत्त्वपूर्ण जित

पोखरा थन्डर्सले दोस्रो एनएसलको शनिवार भएको खेलमा महत्त्वपूर्ण जित हात पारेको छ । शनिवार भएको खेलमा पोखराले वीरगन्ज युनाइटेड एफसीलाई २–१ ले हराएको हो । जित पछि पोखरा ६ अङ्क खेलमा ११ अङ्क सहित दोस्रो स्थानमा उक्लेको छ । सो जितले पोखराको प्ले अफ सम्भावना बलियो बनेको छ । 

एक खेल कम खेलेको धनगढी एफसी ११ अङ्क सहित नै शीर्ष स्थानमा छ । ६ खेलमा नै १० अङ्क जोडेको ललितपुर सिटी एफसी तेस्रो तथा एक खेल कम खेलेको काठमाडौँ रेजर्स ८ अङ्क सहित चौथो स्थानमा छन् । 

छैटौँ मिनेटमा जो आइडोको गोलमा अग्रता लिएको पोखराको विरुद्धमा ११ औ मिनेटमा एकीन्स के बाफरले गोल गरे । पोखराका मोसेस गयाब ट्वामले ४५ औ मिनेटमा विजयी गोल गरे ।आइडो सो खेलका म्यान अफ द म्याच घोषित भए । 

चितवन एफसी र स्पोर्टिङ इलाम बिचको अर्को खेल गोल रहित बराबरीमा सकियो । चितवनका विशाल श्रेष्ठ सो खेलका म्यान अफ द म्याच घोषित भए । सात खेल खलेको चितवन ६ अङ्क सहित सातौँ तथा त्यत्ति नै खेल खेलेको इलाम ५ अङ्क सहित पुछारमा छन् ।वीरगन्ज  ५ अङ्क सहित आठौँ स्थानमा छ ।  

Comment