धनगढीको अग्रता कायम


दोस्रो एनएसएल फुटबल प्रतियोगितामा धनगढी एफसीको अग्रता कायम छ । दोस्रो मिनेटमा अफिज ओलावालेको गोलमा धनगढीले बिहिबार भएको खेलमा चितवन एफसीलाई १–० ले हराएको हो । धनगढीका गोलरक्षक टिकेन्द्र थापा सो खेलका म्यान अफ द म्याच घोषित भए ।


धनगढीको ११ अंक छ भने दोस्रो स्थानमा रहेको ललितपुर सीटी एफसीको ९ तथा काठमाडौं रेजर्स र पोखरा थन्डर्सको ८ अंक छ ।

Comment