काठमाडौंसँग पोखराको हार

दोस्रो एनएसएलमा साबिक विजेता काठमाडौं रेजर्सले पोखरा थन्डर्समागि जित हात पारेको छ । सोमबार भएको खेलमा काठमाडौँले पोखरा थन्डर्सलाई २–१ ले हरायो । ५९ औ मिनेटमा आयुस घलानको गोलमा अग्रता लिएको पोखरा अन्तिम ७ मिनेट सम्हालिन सकेन । ८३ औ मिनेटमा काठमाडौँका एंगफ जुनियरले गोल गरे । इन्जुरी समयमा सोखीखरम एम सम्हालिन सकेन ।

सोखुखरम सो खेलका म्यान अफ द म्याच घोषित भए । अङ्क तालीकामा काठमाडौं आठ अङ्क सहित तेस्रो स्थानमा उक्लेको छ  । समान अङ्क भएको पोखरा पाँचौँ स्थानमा झरेको छ । ९ अङ्क भएको ललितपुर सिटी एफसी शीर्ष स्थानमा छ भने एक खेल कम खेलेको धनगढी एफसी दोस्रो स्थानमा छ । 

Comment