एनएसएलमा पोखराको अग्रता

पोखरा थन्डर्सले जारी दोस्रो एनएसएल फुटबल प्रतियोगितामा अग्रता कायम गरेको छ । चार खेल खेलेको पोखराले बुधवार दोस्रो जित हात पारेको हो । नेपालकै प्रतिभाशाली प्रशिक्षक न्यौपानेको नेतृत्वमा रहेको पोखराले बुधवार स्पोर्टीङ इलाम एफसीलाई १–० ले हरायो । पोखराका सञ्जीव विष्टले ४८ औ मिनेटमा गोल गरे । विष्ट सो खेलका म्यान अफ द म्याच घोषित भए । 

पोखराको चार खेलमा ८ अङ्क छ । इलाम ३ अङ्कमा सीमित भएको छ । 

Comment