ललितपुर र बुटवल बिच बराबरी 

दोस्रो एनएसएल फुटबलको मंगलबार भएको रोमाञ्चक खेलमा ललितपुर सिटी एफसी र वीरगन्ज युनाइटेड एफसी बिच २–२ गोलको बराबरी भएको छ । पहिलो हाफमा तीन गोल भएको खेलको १० औ मिनेटमा विलियम ओपाकु असेदुको गोलमा वीरगन्जले अग्रता लिएको थियो । 

१४ औ मिनेटमा इमान इजेकाइको गोलमा खेलमा फर्किएको ललितपुरका लागि २७ औ मिनेटमा निखिल सुसेरसु कादमले गोल गरे । बुटवलका कृपाकान्त महतोले ५२ औ मिनेटमा बराबरी गोल गरे । 

विलियम सो खेलका म्यान अफ द म्याच घोषित भए । 

Comment