अर्यालको उपचारमा सहयोगको अपिल

फुटबल प्रशिक्षक प्रकाश अर्याल अहिले अस्वस्थ छन् । उनी मृगौलको क्यान्सरबाटबाट पीडित छन् । उनका उत्पादन चेतन घिमिरे, जनक सिंह थारु, नीराजन खड्का, रोशन कार्की र दिनेश हेम्जन लगायत धेरै खेलाडी नेपाली फुटबलमा स्टारको रूपमा छाएका छन् । उनीबाट फुटबल सिकेका धेरै जना अझै नेपाल पुलिस क्लब, नेपाली सेना  र एपीएफका एकेडेमीमा आबद्ध छन् । अर्यालले दुई पटक यूथ नेपाली टोलीका सहायक प्रशिक्षकको जिम्मेवारी पुरा गरी सकेका छन् । 

यी नै प्रशिक्षक प्रकाश बिमारी हुँदा अहिले नेपाली फुटबल र धनुषाका स्थानीय बासी उनको उपचारमा चासो लिई रहेका छन् । उनको उपचारमा सरिक हुनेहरूले अहिले सहयोगको आहान गरेका छन् । 

उनको उपचारमा हेड अफ कोचेज एजुकेसन सञ्चित सिंह र पुलिस क्लबका प्रशिक्षक चेतन घिमिरे लगायत समर्पित भएर लागी परेका छन् । 

उनीहरू सबैले लक्ष्मी सनराइज बैकमा रहेको ०८५०५४७७२२२०५००१ प्रकाश अर्यालको नामको खातामा सहयोग गर्न अपिल गरेका छन् । खेलकुद न्यूजडटकम आफ्ना समर्थक र पाठकहरू पनि नेपाली फुटबलमा योगदानमा रहेका प्रकाशको उपचारमा सहयोग गर्न अनुरोध गरेको छ । उनी एन्फा अन्तरगत धनुषा जिल्ला फुटबल सङ्घमा २७ वर्ष बिताइ सकेका छन् । 

Comment