धनगढीको वीरगन्ज माथि जित

दोस्रो नेपाल सुपर लिग (एनएसएल) फुटबलको आइतबार भएको खेलमा धनगढी एफसीले वीरगन्ज यसनाइटेड एफसीलाई २–१ ले हराएको छ । धनगढीका लागि अन्तिम मिनेटमा अहमद हाउजीले गोल गरे । यस अघि दोस्रो मिनेटमा फुडे फजानाको गोलमा अग्रता लिएको धनगढीको विरुद्धमा वीरगन्जले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल गरेको थियो । हास कोफेले बराबरी गोल गरेका हुन् ।

धनगढीका कृष्ण रत्न चुन्जु म्यान अफ द म्याच भए । 

Comment