यमनसँग नेपालको हार

 

नेपालले फिफा विश्वकप र एएफसी छनोटको दोस्रो चरणमा यमनसँग २–० ले हार व्यहोरेको छ । घरेलु भूमिमा दशरथ रङ्गशालामा यमनविरुद्ध पहिलो पटक जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिएको नेपालले दोस्रो हाफमा दुई गोल व्यहोरेपछि नतिजा सुम्पिएको हो । यमनको जितमा ओमार अब्दुलाह अल दाही र मोहम्मेद अब्दुलाह अल दाहीले गोल गरे । यससँगै नेपालले विश्वकप छनोटको दोस्रो चरणमा दोस्रो हार बेहोर्‍यो । यसअघि संयुक्त अरब इमिरेट्स (युएई ) सँग ४–० ले हार व्यहोरेको नेपालले घरेलु भूमिमा पनि नतिजा सुम्पियो । त्यसअघि खेलको तेस्रो मिनेटमा जिलेस्पी जङ्ग कार्कीले बललाई पोस्टको दिशा दिने प्रयास गर्दा गोलरक्षकलाई फल गर्दा नेपालले अग्रता लिने अवसर सदुपयोग गर्न सकेन ।११औँ मिनेटमा दायाँ विंगबाट दिनेशले दिएको क्रसमा जिलेस्पीले हेडर जित्न सकेनन् । लगत्तै अर्कोतर्फ यमनको आक्रमणमा नेपाली डिफेन्सको परीक्षण भएको थियो । २६औ मिनेटमा ओमानका हम्जाह अहमदले डी एरिया भित्रबाट गरेको प्रहार गोलकिपर किरणले सहजै बचाए । २८औँ मिनेटमा दिनेश हेन्जनको कर्नरमा कसैले हेडर जित्न सकेनन् । त्यस लगत्तै यमनको काउन्टर नेपालले विफल पार्‍यो । एक मिनेट पछि दिनेश कै बक्स बाहिरबाट लिएको प्रहार पोस्टको धेरै टाढा बाट बाहिरियो ।

३२औँ मिनेटमा अहमद महेरको लामो प्रहार बार माथिबाट बाहिरियो । ३२औँ मिनेटमा अहमद महेरको प्रहार पोस्टको माथि बाट बाहिरियो । ३८औँ मिनेटमा मोहम्मद अल वाजिहको प्रहारले पनि पोस्टको दिशा लिन सकेन । पहिलो हाफको अन्त्यतिर यमनले बलमा नियन्त्रण राखे पनि अवसर भने सृजना गर्न सकेन । ५०औँ मिनेटमा अब्दुलाह अल दाहीले गरेको सशक्त प्रहार गोलकिपर किरणले मुस्किलले बचाए । त्यसको दुई मिनेटमा नै कर्नर प्रहारमा गोल गर्ने नेपालको रणनीति सफल हुन सकेन । ६१औँ मिनेटमा हिसुब थपलियाले गोल गर्ने सुन्दर अवसर गुमाए ।

यमनका गोलकिपर अब्दुलाह अल सादी अगाडि बढेको समयमा उनको ओभर हेड प्रहार सफल हुन सकेन । ६५औँ मिनेटमा यमनले गोल गरे पनि रेफ्रीले अफसाइड निर्णय दिए । अल खादिर सलिमको प्रहारले मान्यता पाएन । ७३औँ मिनेटमा ओमार अब्दुलाह अल दाहीले पेनाल्टी क्षेत्रबाट उत्कृष्ट प्रहार गर्दै ओमानलाई अग्रता दिलाए । ७६औँ मिनेटमा अहमद महेरले नजिकको दूरीबाट गोल गर्ने अवसर गुमाए । नेपालका दुई डिफेन्डर छलाउँदै उनले गरेको प्रहार बार माथिबाट बाहिरिन पुग्यो ।

त्यस्तै ८७औँ मिनेटमा यमनका नासिर अल गहावासीले ३५ यार्ड टाढाबाट गरेको सशक्त प्रहार नेपालका गोलकिपर किरणले पन्च गर्दै बचाए । अन्तिम समयमा यमनले दोस्रो गोल गर्दै जितनजिक पुग्यो । ९०औँ मिनेटमा अब्दुलाह अल दाहीले गरेको सशक्त प्रहार गोलकिपर किरणले मुस्किलले बचाए । त्यसको दुई मिनेटमा नै कर्नर प्रहारमा गोल गर्ने नेपालको रणनीति सफल हुन सकेन । ६१औँ मिनेटमा हिसुब थपलियाले गोल गर्ने सुन्दर अवसर गुमाए ।

Comment