सुनसरीमा एएफसी सी डिप्लोमा कोचिङ कोर्स

धरान, सुनसरीमा एएफसी सी डिप्लोमा कोचिङ कोर्स सुरु भएको छ । एएफसी सी डिप्लोमा कोचिङ कोर्सको सात दिने पहिलो चरण (नोभेम्बर २१-२७) मंगलबार सुनसरीको धरानमा सुरु भएको हो ।   अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा कोसी प्रदेश फुटबल सङ्घको आयोजनामा तालिम सञ्चालन भएको हो । उद्घाटन समारोहमा कोसी प्रदेश फुटबल सङ्घका अध्यक्ष  किशोर राईलगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो। प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले कोचिङ कोर्सको महत्त्व माथि प्रकाश पार्दै  मन्तव्य राखेका थिए । 

 कार्यक्रमलाई एन्फाका कार्यकारी सदस्य  दीपेन्द्र धिमाल, कोसी प्रदेश फुटबल सङ्घका महासचिव  भगीरथ आलेले पनि सम्बोधन गर्नुभएको थियो । एन्फाका सहायक महासचिव  वसन्त अर्याल, सुनसरी जिल्ला खेलकुद समितिका अध्यक्ष, दीपक कोसी प्रदेश फुटबलका अन्य सदस्यहरूका साथै जिल्ला अध्यक्ष तथा सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा अतिथिहरूले सहभागीहरूप्रति आ–आफ्नो आशा र शुभकामना व्यक्त गरेका थिए । 

 एएफसी कोचिङ कन्भेन्सन सदस्यता प्राप्त गरेपछि यो तेस्रो कोर्स हो। पाठ्यक्रम दुई चरणमा सञ्चालन हुनेछ र मुख्य प्रशिक्षकको रूपमा श्री सञ्जित सिंह छन् । एएफसी कोचिङ कन्भेन्सनको निर्देशिका अनुसार एन्फाले यो पाठ्यक्रम तयार गरी सञ्चालन गरिरहेको छ । तालिममा कोसी प्रदेशका २४ जना प्रशिक्षक सहभागी छन् । भेसराज लिम्बु, पूर्ण सुब्बा, मुन्ना सुब्बा, मित्र बहादुर बस्नेत, दीपन लिम्बु, अङ्गुर कुमार खड्गी, अमृत राई, उमेश जिमी, राकेश गुरुङ, लेखनाथ खतिवडा, रेखा पौडेल, सन्तोष तामाङ, देबु राई, प्रवीण राई, कृष्ण अधिकारी, वसन्तराज निरौला, राजकुमार श्रेष्ठ, रोशन शाह, ललित थापा, प्रतीक मल्ल, निकेश खड्का, ग्याल्गेन दुक्पा लामा, हेमन्त मगर, प्रणिश खत्री, प्रमेश क्षेत्रीको सहभागिता रहेको छ । एन्फाले निकट भविष्यमा नेपालभर यस्तै कोचिङ कोर्सहरू सञ्चालन गर्ने योजना बनाएको छ।

Comment