फुटबल समुदायमा पङ्कज अझ लोकप्रिय

अखिल नेपाल फुटबल सङ्घ(एन्फा)मा पङ्कज नेम्बाङको लोकप्रियता चुलिएको छ । गत वर्षको ६ असारमा ४४ मत ल्याएर निर्वाचन एन्फा अध्यक्ष नेम्बाङलाई बिहीबार भएको विशेष साधारण सभामा सोही साधारण सभा सदस्यका बिच भएको मतदानमा ५२ जनाको म्यान्डेट पाए । 

पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पाको पहलमा अध्यक्ष नेम्बाङ र महासचिव किरण राईको विरुद्धमा अविश्वास प्रस्ताव दर्ता भएको थियो । महासचिव विरुद्धको प्रस्तावलाई एन्फाको केन्द्रीय कार्य समिति रहेको थियो । अध्यक्षलाई साधारण सभाले तथा महासचिवलाई केन्द्रीय कार्यसमितिले चयन गर्ने एन्फाको प्रावधान छ । बिहीबारको साधारण सभामा शेर्पा पक्षधर ३४ जनाले बहिस्कार गरेका थिए । 

एन्फा अन्तरगत रहेका चार समिति मध्ये महिला फुटबल सीमितले बहिस्कार गरेको छ । सो समितिको प्रतिनिधीत्व पेमा डोल्माले गरेकी छिन् । सो बहिस्कारले महिला फुटबललाई अनावश्यक विवादमा तान्ने असफल प्रयास गरिएको केही महिला फुटबल कर्मीहरूले बताएका छन् । 

विशेष साधारण सभाको नतिजा पछि एन्फाका सहायक महासचिव वसन्त अर्यालले फिफाले लगाएको प्रतिबन्धका कारण उत्पन्न कुण्ठा र निर्वाचनमा भएको हारका स्विकार्न नसक्नेको गठ जोडले फुटबलमा अवरोध सृजना गरेको प्रतिक्रिया दिए । 

अहिले अविश्वास प्रस्तावको नेतृत्व गर्ने निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाको शासन कालमा भएको आर्थिक अपारदर्शीका कारण नेपाली फुटबल संकट तर्फ लम्किएको हो । शेर्पा कार्यकालमै एनएसएलबाट कुनै रकम नपाएको तथा टिकट विक्रीको रकमको प्रसङ्ग अहिले पनि उठेको छ ।  

Comment