फुटबलको सामुदायिक कोचिङ कोर्स सुरु

लगनखेलस्थित सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा पाँच दिने एन्फा सामुदायिक कोचिङ कोर्स जारी छ । कोर्स सोमबार सुरु भएको हो ।

लगनखेलमा भएको उद्घाटन समारोहमा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रका कार्यवाहक कमाण्डेन्ट लेफ्टिनेन्ट कर्णेल ब्रजेश महर्जन र मेजर विकास मल्लको उपस्थिति थियो ।

एन्फाका प्रशिक्षक शिक्षा प्रमुख सञ्चित सिंह र सहायक प्रशिक्षक चेतनारायण श्रेष्ठको निर्देशनमा सञ्चालित उक्त कोर्समा ३० जना सहभागी छन् ।

Comment