पर्वतारोही तथा धावक सञ्जय अभिनन्दित

sanjaya samman
कृर्तिमानी विश्व पर्वतारोही तथा अल्ट्रा धावक सञ्जय पण्डितलाई नेपाल पर्वतारोहण संघले ताम्र पत्र र नगद सहित अभिनन्दन गरेको छ । उनलाई पाँच महादेशका सर्वोच्च शिखरहरुको किर्तिमानी आरोहण गरे वापत ५० हजार रुपैया  सहित सम्मानीत गरिएको हो । नेपाल पर्वतारोहण संघमा आयोजित कार्यक्रममा संघका अध्यक्ष आङ्ग छिरिङ्ग शेर्पा, वरिष्ठ उपाध्यक्ष दिवश विक्रम शाह तथा महासचिव ठाकुर प्रसाद पाण्डेले उक्त रकम तथा ताम्र पत्र हस्तान्तरण गरेका हुन् । लामो दूरीका धावक समेत रहेका सञ्जयको आगामी आरोहण उत्तर अमेरिकाको डेनाली तथा अन्र्टाटिका महादेशको माउण्ट भिन्सन रहेको छ । उनले एसिया, अफ्रिका, युरोप, अष्ट्रेलीया तथा उत्तर अमेरिकाको सर्वोच्च शिखरको सफलता पुर्वक किर्तिमानी आरोण गरिसकेका छन् ।

Comment