झापामा कोचिङ कोर्स सुरु 

चार दिने एन्फा कम्युनिटी कोचिङ कोर्स झापामा बुधवार सुरु भएको छ । प्रशिक्षण कार्यक्रम झापा जिल्ला फुटबल संघले आयोजना गरेको हो । तालिममा ४२ जना प्रशिक्षकको सहभागिता रहेको छ । कोर्समा दाङ, धनुषा, रौतहट, ताप्लेजुङ, सिराहा, पाँचथर, इलाम, सुनसरी, मोरङ, चितवन, झापालगायतका विभिन्न जिल्लाका प्रशिक्षकहरूको सहभागिता रहेको छ । 

एन्फाका केन्द्रीय सदस्य दीपेन्द्र धिमालले उद्घाटन कार्यक्रममा  झापा जिल्ला फुटबल सङ्घका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । यो कोचिङ कोर्स अखिल नेपाल फुटबल सङ्घको सहयोगमा सञ्चालित छ ।

यस कोर्सको प्रशिक्षकमा सञ्चित सिंह र  हरि खड्का छन् ।

Comment