भुजी कप कार्त्तिकमा 

फुटबल क्लब भुजीको आयोजनामा भुजी लिग १२ देखि १९ कार्त्तिकको बिचमा हुने भएको छ । उमा कुण्ड–७ भूजीमा आयोजना हुने सो प्रतियोगिताको विजेताले १ लाख २ हजार ५ सय २५ तथा उपविजेताले ५० हजार २५ रुपैयाँ पाउने छन् । 

यसै गरी, उत्कृष्ट उत्कृष्ट गोलरक्षक,उत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षक र शीर्ष गोलकर्तालाई पनि पुरस्कार प्रदान गरिने छ । 

वडा कार्यालय तथा औपचारिक रूपमा दर्ता भएको क्लबलाई मात्र मान्यता दिइने छ ।   प्रत्येक टिममा १५ खेलाडी प्रशिक्षक र व्यवस्थापक रहने प्रावधान छ । खेल लिग कप नकआउटको आधारमा हुने छ । 

वार्षिक रूपमा हुने गरेको प्रतियोगिता बिचका केही वर्ष कोरोना महामारीका कारण भएको थिएन । 

Comment