लनटेनिस टोली बैंक प्रस्थान

tennise
लनटेनिसको हाइ पर्फमेन्स तालिममा सहभागी नेपाली लनटेनिस टोली आइतबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ । छ खेलाडी र एक प्रशिक्षकसहित ७ सदस्यीय टोली आइतबार बैंकक गएको हो ।
अप्रिल ५ देखि १८ तारिखसम्म हुने तालिममा सहभागी हुने पुरुषतर्फ सक्षम कार्की, प्रणव खनाल र रेन्जन लामा रहेका छन् । महिलामा जुम्ल्याहा राणा दिदीबहिनी मायांका र माहिका तथा इरा राउत छन् ।प्रशिक्षकमा आत्माराम कार्की रहेका छन् ।
टोलीलाई अखिल नेपाल लनटेनिस संघका अध्यक्ष मनोज राणा र उपाध्यक्ष ज्योति राणाले सातदोबाटो टेनिस कम्प्लेक्समा बिदाइ गरे ।
उक्त तालिममा नेपालबाट १० खेलाडीले भाग लिनेछन् । बाँकी तीन खेलाडी संरक्षकभूषण वज्राचार्य तथा अर्का जुम्ल्याहा दिदीबहिनी क्याथ्रिन र एनी माथेमा बैंककमै छन् ।

Comment