नुवाकोट समाज युएई टोली तयार पार्दै 

नुवाकोट सेवा समाज युएईले फुटबल र भलिबल खेललाई मध्यनजर गर्दै उक्त खेलको लागी टिम तयार गर्न खेलाडीहरू लाई आवेदन दिनको लागी आव्हान गरेको छ ।

युएईमा हुने वार्षिक खेलकुद प्रतियोगितालाई ध्यानमा राखी आफ्नो जिल्लाका खेलाडीहरू समेटी फुटबल र भलिबलका लागी छुट्टा छुट्टै टिम घोषणा गरेर प्रतियोगिताहरुमा आफ्नो उपस्थिति जनाउने उद्देश्यका साथ ‘स्वास्थ्यका लागि खेलकुद – राष्ट्रका लागि खेलकुद, खेलकुदका लागि नुवाकोट सेवा समाज युएई’ भन्ने नारा सहित सो संस्थाले युएई मा छरिएर रहेका खेलाडीहरूलाई आवेदन दिनको लागी आव्हान गरेको हो । 

आवेदन दिएका खेलाडीहरूबाट छनोट भएका खेलाडीहरूलाई संस्थाले नै सबै किसिमको खेलकुद सामग्रीहरू उपलब्ध गराएर तयार पर्ने संस्थाका अध्यक्ष नवीन कार्कीले जानकारी दिए । त्यसका लागि नव निर्वाचित एनआरएनए एमसिसी युएईको सचिव सुमन भण्डारीले समेत आफ्नो तर्फ बाट सक्ने सहयोग गर्नको लागी तत्पर रहेको जानकारी गराएका छन । सुमन पनि नुवाकोट समाजमा आबद्ध छन् । 

बिभिन्न सामाजिक कामहरूमा सहयोग र सहकार्य गर्दै अगाडी बढेको नुवाकोट सेवा समाज युएईले  विगतका दिनहरूमा पनि धेरै सहयोगी र रचनात्मक काम गरेको छ । समाजले कोभिड–१९ को समयमा त्रिशूली अस्पताललाई अत्याधुनिक सुविधा सहितको २ थान इमर्जेन्सी बेड प्रदान गरेको थियो । त्यस्तै दुवै मिर्गौला फेल भएर टिचिङ अस्पताल काठमाडौँमा डायलिसिस गर्नको लागि घरको आर्थिक अवस्था ज्यादै नै नाजुक भएका बिरामी हरूलाई समेत आर्थिक सहयोग गरेको थियो । त्यसै गरी गत वर्ष ब्रेन ट्युमर भई दुई महिना देखी  धुलिखेल अस्पताल काभ्रेमा उपचारार्थ रहेका एक बिरामीको सबै उपचार खर्च नुवाकोट सेवा समाज युएईले नै उपलब्ध गराएको थियो ।

Comment