एनएमबी–कपअन यु १४ फुटबलमा चेल्सी च्याम्पियन

एनएमबी–कपअन अन्तर स्कुल यु १४ फुटबल प्रतियोगिताको उपाधि चेल्सी इन्टरनेसनल स्कुलले जितेको छ । बुढानीलकण्ठ नगरपालिका– १० स्थित कपअन स्पोर्ट्स सेन्टर, कपनमा शुक्रवार भएको फाइनलमा मनकामना सेकेन्डरी स्कुललाई १–० ले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो ।

चेल्सीका स्ट्राइकर आदित्य शाहले  गोल गरे । उनले २० मिनेटको खेलको दोस्रो हाफको अन्त्यतिर निर्णायक गोल गर्दै चेल्सीलाई ट्रफी दिलाएका हुन् । तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा ९रोडोडेन्ड्रन इन्टरनेसनल बोर्डिङ स्कुलले ब्रम्हकुञ्जलाई १–० ले पराजित गर्‍यो ।

सेमिफाइनलमा चेल्सीले ब्रम्हकुञ्जलाई २–१ र मनकामनाले रिब्सलाई ४–० ले पराजित गरेको थियो । क्वाटर फाइनलमा चेल्सीले जोसेफ हाई स्कुललाई २–०, मनकामनाले वेद व्यासलाई ३–०, रिब्सले लिभिङ वर्डलाई २–१ र ब्रम्हकुञ्जले माउन्ट ग्लोरीलाई गोलरहित बराबरीपछि पेनाल्टी सुट आउटमा ६–५ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।

सङ्घीय सांसद एवम् पूर्व मन्त्री गगनकुमार थापा, एनएमबी बैङ्कका  प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, डेपुटी सिइओ सुदेश उपाध्याय, भायनेटका चेयरमेन विनय बोहरा, गैर आवासीय नेपाल सङ्घका सिइओ राजेन्द्र राउत   र आयोजक कपअन स्पोर्ट्स सेन्टरका सिइओ एवम् अखिल नेपाल फुटबल सङ्घका सहायक महासचिव दामोदर बद्री भट्टराई लगायतले पुरस्कार वितरण गरे ।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको अवार्ड चेल्सीका आदित्य शाहले हात पारे । चेल्सीकै आयुष यादवले बेट गोलकिपर र नकआउट चरणमा चार गोल गरेका मनकामनाका अनीश दंगालले हाईएस्ट स्कोरको अवार्ड प्राप्त गरे । फेयर–प्ले टिम हाईली क्रिएटिभ स्कुल घोषित भयो । लिग कम नकआउटको आधारमा आयोजित तीन दिने प्रतियोगितामा २९ स्कुलका ३० टिमले प्रतिस्पर्धा गरेका थिए ।

Comment