एनएमबी–कपअन यु –१४ फुटबलको क्वाटर फाइनल समीकरण पूरा

बुढानीलकण्ठ नगरपालिका १० स्थित कपअन स्पोर्ट्स सेन्टर, कपनमा भइरहेको ‘एनएमबी–कपअन अन्तर स्कुल यु १४ फुटबल प्रतियोगिता’ को क्वाटर फाइनल समीकरण पूरा भएको छ । दोस्रो दिन सम्पन्न लिग चरणमा सफलता हासिल गर्दै आ–आफ्ना समूहमा शीर्षस्थानमा रहेर जोसेफ हाई स्कुल, लिभिङ वर्ड, माउन्ट ग्लोरी, मनकामना,ब्रम्हकुञ्ज र वेद व्यास स्कुल क्वाटर फाइनल प्रवेश गरेका हुन् । पहिलो दिन नै समूह ‘सी’ बाट चेल्सी र समूह ‘डी’ बाट रिब्स ए टिम (रोडोडेन्ड्रन इन्टरनेसनल बोर्डिङ स्कुल) ले अन्तिम आठको यात्रा निश्चित गरेका थिए ।

जोसेफले बाल विकासलाई ४–३, जुगललाई ३–० र काष्ठमण्डपलाई २–० ले पराजित गर्दै समूह ‘ए’ मा शीर्षस्थान हात पारेर नकआउट चरणको यात्रा तय गरेको हो । । समूह ‘बी’ को शीर्षस्थानमा रहेको लिभिङ वर्डले लिम्पियालाई २–० र

इम्पेरियललाई ३–० ले पराजित ग¥यो भने साम्तेन स्कुलबाट ‘बाई’ पाएको थियो । माउन्ट ग्लोरीले एकलव्यलाई ५–०, हाईली क्रिएटिभलाई २–० ले पराजित गरेपछि लर्ड्स लाइटबाट बाई पाएर समूह ‘ई’ मा पहिलो स्थान प्राप्त गरेको

हो ।

त्यस्तै, मनकामना २–० ले बोधी सदन, ६–१ न्याम्सलाई पराजित गरेपछि टाइमलाइन स्कुलबाट बाई पाएर समूह ‘एफ’ को शीर्षस्थानमा रहँदै अन्तिम आठलाई छनोट भएको हो । ब्रम्हकुञ्जले बृहस्पति विद्यासदनलाई २–१, बाल बाटिकालाई ३–० र

नेपालयलाई ३–० ले पन्छाउँदै समूह ‘जी’ मा पहिलो स्थान हात पारेको हो । तीन टिम रहेको समूह ‘एच’ मा नेभरउड स्कुलमाथि बढी उमेरको खेलाडी खेलाएको उजुरी प्रमाणित भएपछि अयोग्य ठहर्दै प्रतियोगिताबाटै बाहिरियो भने त्यसपछि भएको प्रतिस्पर्धामा वेद व्यासले रिलयान्सविरुद्ध पेनाल्टी सुट आउटमा ३–२ को जित रच्दै क्वाटर फाइनलमा स्थान बनाएको हो ।

क्वाटर फाइनलमा जेसेफले चेल्सीविरुद्ध खेल्ने छ भने लिभिङ वर्डले रिब्सको सामना गर्ने छ । त्यस्तै, माउन्ट ग्लोरीले ब्रम्हकुञ्जविरुद्ध प्रतिस्पर्धा गर्ने छ भने मनकामना स्कुलले वेदव्यासविरुद्ध भिड्ने छ । प्रतियोगिताको समूह चरणमा २९ वटा स्कुलका ३० वटा टिमले विभिन्न आठ समूहमा रहेर प्रतिस्पर्धा गरेका थिए । एनएमबी बैङ्कको प्रायोजनमा भइरहेको तीन दिने प्रतियोगितामा क्वाटर फाइनल, सेमिफाइनल र फाइनल खेलहरू शुक्रवार सञ्चालन हुने छ । फाइनल दिउँसो ३ बजे

सुरु हुने आयोजक कपअन स्पोर्ट्स सेन्टरका प्रमुख कार्यकारी अधिकृत दामोदर

(बद्री) भट्टराईले बताए ।

Comment