नेपाल पुलिस झापासगँ पराजित

All_Nepal_Football_Association-anfa
राष्ट्रिय लिग फुटबलमा नेपाल पुलिस क्लबले लगातार दोस्रो हारको सामना गरेको छ । शुक्रबार भएको खेलमा पुलिस झापा–११ सँग ३–१ ले पराजित भयो । राष्ट्रिय लिग पुनः सन्चालनमा आएसँगै काठमाडौको दशरथ रंगशालामा भएको खेलमा पुलिसले जुमनु राईको गोलमार्फत अग्रता लिएको थियो । १८ औ मिनेटमा दिलेन मोक्तानले डि बक्समा ह्यान्ड गरे पछि रेफ्रि लब खत्रीले पुलिसलाई पेनाल्टी उपहार दिएका थिए । कप्तान जुमानुले पेनाल्टी अबसरलाई सहजै उपयोग गरे ।
४० औ मिनेटमा दिनेस कार्कीको कर्नरमा हेड गोल गर्दै कर्ण लीम्बुले झपालाइ खेलमा फर्काए । यसको एक मिनेट पछि नै दिलेनले आकर्ष गोल गर्दै झापालाई पहिलो अग्रता दिलाए । मोक्तानकै पासमा योगेस गुरुङले टोलीको तेस्रो गोल गरे । चालु लिगमा झापाको यो पहिलो जित हो ।

Comment