तेजस र लक्ष्यलाई उपाधि

विश्व बुद्धिचाल दिवसको अवसरमा मारवाडी युवा समाजको आयोजनामा भएको दोस्रो बुद्धिचाल प्रतियोगिताको सिनीयर तर्फको उपाधि तेजस अटलले जितेका छन् । उनले ६ चरणको खेलमा सत प्रतिशत जित हात पारे । ५ अङ्क भएका खुस नौलखा दोस्रो तथा मायंक अग्रवाल तेस्रो भए । 

जुनियर तर्फ लक्ष मोर ५ चरणको खेलमा सत प्रतिशत जित सहित पहिलो भए । नवीन जगौडीया ४ अङ्क सहित दोस्रो तथा अनिरुद्ध अग्रवाल तेस्रो भए । 

Comment