त्रियोग चेसमा आयोजक विद्यालयकै रवाफ 

अन्तर्राष्ट्रिय बुद्धिचाल दिवसको उपलक्ष्यमा सञ्चालित तेस्रो त्रियोग अन्तर विद्यालय चेस प्रतियोगितामा आयोजक त्रियोग स्कुलले कक्षा १ देखि ३ सम्मको समूहमा ३५ अङ्कका साथ पहिलो भएको छ । ४ र ५ कक्षमा २६ अङ्कका नितेन मेमोरियल पहिलो भए । यसै गरी कक्षा ६ र ७ मा आयोजक त्रियोग ३० अङ्कका साथ पहिलो भयो । 

कक्षा ८ देखि १० समूहमा २८ अङ्कका साथ पुष्प सदन आवासीय माध्यमिक विद्यालय पहिलो भयो । 

प्रतियोगितामा ३५ विद्यालयका करिब २सय  खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा ८ स्पर्धा समावेश गरिएको थियो । 

कक्षा १ देखि ३ को छात्रमा इम्पेरियल वर्ल्ड स्कुलकी अग्रता आचार्य पहिलो, साइ निलायम बोर्डिङ स्कुलकी प्रशंसा चौधरी दोस्रो तथा त्रियोगकी एभिका सापकोटा तेस्रो भइन् । 

छात्र तर्फ माछापुच्छ्रे आइवी वर्ल्ड स्कुलका साहस श्रेष्ठ पहिलो, त्रियोगका प्रसून मल्ल दोस्रो तथा स्ट्यान्डर्ड को एड स्कुलका आगम गौतम तेस्रो भए । 

कक्षा ४ र ५ छात्रामा न्यु समिटकी निहाना श्रेष्ठ पहिलो, नितेन मेमोरियलकी ज्ञानी श्रेष्ठ दोस्रो तथा एलिट ग्रान्ड स्कुलका आर्या श्री चम्लागाँइ तेस्रो भए । छात्र तर्फ पुष्प सदनका हार्दिक पन्त पहिलो, ब्रिटिस स्कुलका लक्स मोरे दोस्रो तथा सूर्योदय स्कुलका अग्रिम सुजै तेस्रो भए । 

कक्षा ६ र ७ छात्रा तर्फ ग्रिन हिलकी एन्जल महर्जन पहिलो भइन् । त्रियोगकी परिधि खत्री दोस्रो र नितेन मेमोरियलकी निलम मिजार तेस्रो भए । 

छात्र तर्फ संस्कृतिका सहर्ष श्रेष्ठ पहिलो, त्रियोगका सम्यम पाण्डे दोस्रो तथा विलियम पब्लिकका अनमोल घिसिङ तेस्रो भए । 

कक्षा ८ देखि १० छात्रामा पुष्प सदनकी सिवानी रिजाल पहिलो ,त्रियोगकी रिया श्रेष्ठ दोस्रो तथा पुष्प सदन का सबनम रिजाल तेस्रो भए । छात्र तर्फ पुष्प सदनका सुप्रभ सागर श्रेष्ठ पहिलो, अरुणिमा स्कुलका सजल न्यौपाने दोस्रो तथा निसर्ग बाटिकाका अनुष्ण गौतम तेस्रो भए । 

प्रतियोगिताको विजेतालाई आयोजक विद्यालयका बोर्ड अफ डाइरेक्टर अजित लामा तथा उपप्रधानाध्यापक सबिता कपरुवान लगायतले पुरस्कार प्रदान गरे । 

उपाधि विजेता त्रियोगका परिधि खत्री, सम्पन्न बज्राचार्य, विश्वस्त मरासिनी र त्रिलोक बुर्लाकोटीले काजकिस्तानमा ३ देखि ८ अगस्टमा आयोजना हुने विश्व स्कुल चेस प्रतियोगितामा सहभागिता जनाउँदै छन् । 

Comment