त्रियोग चेसमा आयोजक विद्यालयको प्रभाव

तेस्रो त्रियोग अन्तर विद्यालय चेस प्रतियोगिता बिहीबार सुरु भयो । प्रतियोगितामा ३५ विद्यालयका करिब २ सय  खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा ८ स्पर्धा समावेश गरिएको छ ।
प्रतियोगिताको प्रमुख अतिथि नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष विदुर गौतमले उद्घाटन गरे । सो कार्यक्रममा आयोजक विद्यालयका बोर्ड अफ डाइरेक्टर अजित लामा तथा उप प्रधानाध्यापक सबिता कपरुवानको पनि उपस्थिति थियो ।
दुई दिने प्रतियोगिताको पहिलो दिन सञ्चालित खेलमा छात्र ८ देखि १० कक्षाको समूहमा अल्पाइन एकेडेमीका प्रशान्त तामाङ, नितेन मेमोरियलका दीपक गोले, फ्लोरसुरेन्ट माविका जेसिक मैनाली तथा अरुणिमाका सजल न्यौपाने शीर्ष स्थानमा छन् ।
छात्रा तर्फ न्यु जेनिथकी तृषा शाही, नितेन मेमोरियलकी निरुता परियार र पुष्प सदनकी सिवानी रिजाल शीर्ष स्थानमा छन् । छात्र ६ देखि ७ कक्षा समूहमा पाठसालका ओस्कार पन्थी, पुस्पसदनका असीम महर्जन, साइ निल्यम बोर्डिङ स्कुलका अजित पौडेल र आयोजक त्रियोगका सम्यम पाण्डे शीर्ष स्थानमा छन् ।  छात्रा तर्फ आयोजककी नोयल थापा र ग्रिन हिलकी एन्जल महर्जन शीर्ष स्थानमा छन् ।
छात्रको ४ र ५ कक्षाको समूहमा आयोजकका आभास रिमाल र लक्ष मोरको साथमा अन्नपूर्णका अविरल तामाङ र पुस्पसदनका हार्दिक पन्त शीर्ष स्थानमा छन् । छात्रा तर्फ न्यु समिटकी नेहना श्रेष्ठ र नितेन मेमोरियलकी ज्ञानी श्रेष्ठ शीर्ष स्थानमा छन् ।
१ कक्षा देखि ३ कक्षा छात्र समूहमा माछापुच्छ्रे स्कुलका सशस श्रेष्ठ र त्रियोगका प्रसून मल्ल शीर्ष स्थानमा छन् ।

Comment