टेबल टेनिसको सम्मान र बिदाइ कार्य क्रम

अखिल नेपाल टेबल टेनिस संघले दुई अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीलाई शुक्रवार  सम्मान गरेको छ ।  लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको सोही कार्यक्रममा २५ औँ एसियाली जुनियर टेबल टेनिसमा भाग लिने खेलाडी तथा १९ औँ एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जाने टोलीलाई पनि बिदाइ गरियो ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, अखिल नेपाल टेबल टेनिस सङ्घका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका कार्यकारी निर्देशक चतुरानन्द राज वैद्यलगायतले खेलाडीलाई सम्मान गर्नुका साथै सफलताको शुभकामनासहित बिदाइ गरे ।

दक्षिण एसियाली यूथ टेबल टेनिसका पदक विजेता सम्मानित 

भारतमा भएको दक्षिण एसियाली यूथ टेबल टेनिस च्याम्पियनसिपका पदक विजेता सबै खेलाडीलाई जनही १० हजार नगदसहित सम्मान गरिएको थियो । वैशाख ३१ देखि जेठ ४ गतेसम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण, १ रजत र ७ कांस्य पदक जितेको थियो ।

यु–१९ ब्वाइज टिममा सुजन गडाल, विशाल गोले, विश्व बानियाँ र सिद्धार्थ तामाङले नेपाललाई स्वर्ण दिलाएका थिए । यु–१५ र्गल्स डबल्समा सुस्मिता खड्का र शुभ श्री श्रेष्ठले रजत जितेका थिए ।

त्यस्तै यु–१५ ब्वाइज टिममा सिद्धार्थ तामाङ, सौरभ खड्का र एरिस शाक्य, यु–१९ र्गल्स डबल्समा वियंका राई र इभाना थापा मगर, यु–१९ मिक्स डबल्समा सुजन गडाल र वियंका राई, यु–१९ ब्वाइज डबल्समा विशाल गोले र विश्व बानियाँ, यु–१९ मिक्स डबल्समा सिद्धार्थ तामाङ र शुभ श्री श्रेष्ठ, यु–१९ र्गल्स टिममा वियंका राई, इभाना थापा मगर, दिया देउला र शुभ श्री श्रेष्ठ तथा यु–१५ र्गल्स टिममा सुस्मिता खड्का, करिना सुवाल र शुभ श्री श्रेष्ठले कांस्य जितेका थिए ।

साग पदक विजेता सम्मान 

नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत टेबल टेनिसको विभिन्न स्पर्धामा पदक जित्न सफल १० खेलाडीलाई पनि सम्मान गरियो ।

पुरुषमा स्यान्टु श्रेष्ठले १ रजत र ३ कांस्य, शिव सुन्दर गोथेले १ रजत, विनेश खनियाँले १ रजत र १ कांस्य, पुरुषोत्तम बज्राचार्यले १ रजत र कांस्य तथा संयोग कपालीले १ रजत जितेका थिए । महिलामा नबिता श्रेष्ठले २ कांस्य तथा रविना महर्जन, एलिना महर्जन, दीक्षा तामाङ र सिक्का सुवाल श्रेष्ठले १ कांस्य हात पारेका थिए ।

वैदेशिक प्रशिक्षणमा जाने एसियाड टोलीको बिदाइ 

चीनको हाङझाउमा असोज ६ गतेदेखि हुने १९ औँ एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणलाई भारत जाने ६ खेलाडीसहित ९ सदस्यीय टोलीलाई बिदाइ गरियो ।

पुरुष खेलाडीमा संयोग कपाली, रुविन महर्जन र विलोश श्रेष्ठ तथा महिलामा नबिता श्रेष्ठ, सिक्का सुवाल श्रेष्ठ र इभाना थापा मगर रहेका छन् । प्रशिक्षकमा सञ्जीवकुमार ढुङ्गेल र सन्ध्या शाक्य तथा व्यवस्थापकमा अखिल नेपाल टेबल टेनिस सङ्घका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्य रहेका छन् ।

टोली सोमबार भारत प्रस्थान गर्ने छ । टोलीले नयाँ दिल्लीस्थित अन्सुलगर्ग टेबल टेनिस प्रशिक्षण केन्द्रमा प्रशिक्षण गरी असोज २ गते स्वदेश फर्किने छ ।

एसियाली जुनियर टेबल टेनिसमा पाँच खेलाडी 

कतारको दोहामा हुनेमा २५ औँ एसियाली जुनियर टेबल टेनिस प्रतियोगितामा नेपालबाट ५ खेलाडी सहभागी हुने छन् । असार ३१ देखि साउन ६ गतेसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुष खेलाडीमा सुजन गडाल, विशाल गोले र घनन्जय दाहाल तथा महिलामा शुभ श्री श्रेष्ठ र सुस्मिता खड्का रहेका छन् । प्रशिक्षकमा मोहनदास वासुकला छन् । अम्पायरमा तेजेन्द्रसिंह महरा र नरेश रावल रहेका छन् । असार ३१  देखि साउन ६ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुन टोली शनिवार कतार प्रस्थान गर्दै छ ।

Comment