सातौँ मनमैजु जुनियर कराँते सम्पन्न 

वादोकाइ कराँते डो सङ्घ नेपालको केन्द्रीय डोजो मनमैजुको आयोजना सातौँ मनमैजु जुनियर कराँते प्रतियोगिता २०८० कार्यक्रम सम्पन्न भएको छ ।  काठमाडौँको ऐतिहासिक नगरी मनमैजुमा भएको २ दिने कार्यक्रममा  कुल ८ स्वर्ण ३ रजत र ३ कांस्य जित्दै जीवनज्वती सेकेण्डरी स्कुल  च्याम्पियन बन्यो । सो प्रतियोगितामा ५ स्वर्ण ३ रजत २ कस्य सहित अजिमा डोजो दोस्रो भयो । २ स्वर्ण १ रजत ३ कांस्य सहित नीलकण्ठ स्पोर्ट्स क्लब धाडिङ्ग तेस्रो भयो । प्रतियोगिताको पुरुषमा नीलकण्ठ स्पोर्ट्स क्लबका सबिन घले  र महिलामा रोजमेरी आइडल बोर्डिङ स्कुलकी मनीषा राई उत्कृष्ट खेलाडी घोषित भए ।

विष्णुमती आवासीय मा बि अनुशासित टिम चुनिए भने उत्कृष्ट मार्च पास टोली महालक्ष्मी इङ्ग्लिस स्कुलले हात पारे । उक्त प्रतियोगितामा उदयमान खेलाडीको रूपमा पुरुष तर्फ अजिमा डोजोका अनुज थापा मगर र महिला तर्फ जिबनज्योति सेकेन्डरी स्कुलकी बिनिसा तामाङ चुनिए ।

विजेता खेलाडीहरूलाई प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य माननीय अमन कुमार मस्के र  विशेष अतिथि तारेकेश्वर नगरपालिका वडा न ९ का वडा अध्यक्ष श्यामकृष्ण महर्जन लगायतले पुरस्कार प्रदान गरे । 

सो कार्यक्रममा १९औँ एसियन गमेमा छनौट भएका,मनमैजु डोजोका खेलाडीलाई बधाई तथा शुभकामना पनि सम्पन्न भया । ९औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका र दोस्रो बागमती स्तरीय खेलकुद प्रतियोगिता २०८० मा मनमैजु डोजोका पदक विजेता  खेलाडीहरूलाई नगदसहित सम्मान गरियो । मनमैजुको स्थानीय बासिन्दाहरूको भरपुर सहयोगमा सम्पन्न कार्यक्रममा  १० वटा विद्यालय र डोजो गरी जम्मा २०४ खेलाडीले २० वटा स्वर्ण पदकको निम्ति विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेको कार्यक्रमका सभापति तथा वादोकाइ कराँते डो सङ्घ नेपालका महासचिव विकाश राजवाहकले जनाए । 

Comment