शिला  र सबनमको पहलमा प्रथम मेयर कप प्रतियोगिता हुँदै

सिफल कराँते प्रतिष्ठान क्लब नेपालले काठमाडौं महानगरपालिकाको सहयोगमा ‘‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’’ भन्ने मूल नारासहित अगामी शनिवारदेखि सोमबारसम्म प्रथम मेयर कप राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ ।

प्रतियोगिता अन्तर्गत कराँते, बक्सिङ, केन्डो, फुटबल, बास्केटबल, भलिबल लगायतका खेलहरू हुने प्रतिष्ठानका अध्यक्ष शिला खड्गीले  जानकारी दिइन् । एकेएफ बी जज शिला नेपाली करातेमा समर्पित नाम हो । उनी २०५५ साल देखि कराँते खेलमा आबद्ध छिन् । उनी आफैले एकेडेमी समेत चलाएकी छिन् । 

प्रतियोगिताको शनिवार बिहान १० ः ०० बजे गोल्डेन लाइट पार्टी प्यालेस जय बागेश्वरीमा उद्घाटन हुनेछ । . प्रतियोगितामा काठमाडौं उपत्यका भित्रका राष्ट्रिय तहका खेलाडीहरुले भाग लिनेछन् । 

Comment