जोर्डनको विरुद्ध नेपालको फराकिलो जित 

जोर्डनको राजधानी अम्मानमा जारी यु–१७ महिला एएफसी क्वालीफायर्सको जोर्डन विरुद्धको खेलमा नेपालले फराकिलो जित हात पारेका छ । जोर्डनको राजधानी अम्मानस्थित प्रिन्स अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा १० खेलाडीमा सीमित नेपालले जोर्डनलाई ४–१ ले हराएको हो । खेलको १३ औ मिनेटमा नेपालकी वर्षा ओलीको गोलमा अग्रता लिएको नेपालका लागि सुक्रिया मियाले दुई गोल गरिन् भन् माया मास्केले पेनाल्टीमा गोल गरिन् । 

१३ औ मनमायाले मध्य भागबाट दिएको उत्कृष्ट पासलाई सदुपयोग गर्दै सेनु परियारले बललाई अगाडी बढाउँदै वर्षाका लागि गोलको अवसर सृजना गरेकी थिइन् । वर्षाले नजिकैको दुरीबाट सहज गोल गरिन् ।  त्यस पछि नेपाल लगातार हाबी भएको हो । 

३२ औ मिनेटमा सुक्रियाले गोल गर्दै नेपालको अग्रता फराकिलो पारेकी थिइन् । ४३ औ मिनेटमा मायाले पेनाल्टीमा गोल गरेकी हुन् । त्यसको लगत्तै झुमा विश्वकर्माले रातो कार्ड पाए पछि नेपाल १० खेलाडीमा सीमित भएको थियो । सुक्रियाले ५३ औ मिनेटमा डी बक्सबाहिर बाट सानदार गोल गरिन् । 
८० औ मिनेटमा सेनुलाई फल प्रहार गरे पछि जोर्डनकी लुमा असुत असवान्तले पनि रातो कार्ड पाएकी थिइन् ।इन्जुरी समयमा जोर्डनका लागि पानिसा पिसदरल फ्रिकीकमा गोल गरिन् । 

नेपाली टोलीका प्रशिक्षक विष्णु गुरुङले  अन्तिम चरणका लागि छनोट हुने सम्भावना कम भए पनि टोलीको प्रदर्शनबाट सन्तुष्ट भएको बताए । उनले यस टोलीका रहेका कबिर आधा दर्जन खेलाडीले  माथिल्लो उमेर समूह तथा भविष्यमा राष्ट्रिय टोलीका प्रवेश पाउने विश्वास व्यक्त गरे । गुरुङले झुमाको रातो कार्डलाई इङ्गित गर्दै सबै टोली भावुक भएर ‘नेभर गिभ अप’को सोचमा खेलिरहेको समयमा गुमाउन नहुने टेम्मरपेन्ट भएको बताए । उनले यसलाई उमेर जन्य कमजोरीको रूपमा लिँदै अनुभवसँगै सुधारिने विश्वास व्यक्त गरे । 

उत्कृष्ट खेलाडी घोषित सुक्रियाले खुसी व्यक्त गरिने । ‘ दोस्रो गोल गर्दा गोल हुन्छ भन्ने  पक्कका थिएन । तर, टार्गेटमा राम्रो हान्न सक्छु भन्ने लागेर हानेको ’ आफूले गरेको उत्कृष्ट गोलको बारे उनले भनिन् । 

अर्को वर्ष इन्डोनेसियामा आयोजना हुने एएफसी यु–१७ महिला फुटबलका लागि आयोजक देशका साथै गत संस्करणमा शीर्ष तीन स्थान पाउने जापान, उत्तर कोरिया र चीन छनोट भइसकेका छन् । 

पहिलो चरणमा सबै देशलाई  ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट पहिलो हुने टोली दोस्रो चरणमा प्रवेश गर्ने छन् । दोस्रो चरणमा ८ टोलीलाई दुई समूहमा विभाजन गरिने छ । दुवै समूहको शीर्ष दुई टोली अर्को वर्ष इन्डोनेसियामा आयोजना हुने प्रतियोगिताको अन्तिम चरणमा सहभागिता जनाउने छन् ।

नेपालले अन्तिम चरणको छनोटका लागि अवसर पाउन जोर्डनलाई हराउन जरुरी छ । नेपाल पहिलो खेलमा जोर्डनसँग पराजित भएको थियो । 

Comment