जोर्डनको विरुद्धमा नेपालको अग्रता

जोर्डनको राजधानी अम्मानमा जारी यु–१७ महिला एएफसी क्वालीफायर्सको जोर्डन विरुद्धको खेलमा नेपालले पहिलो पहिलो हाफमा तीन गोलको अग्रता लिएको छ । जोर्डनको राजधानी अम्मानस्थित प्रिन्स अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा भई रहेको खेलको १३ औ मिनेटमा नेपालकी वर्षा ओलीले गोल गरेकी हुन् । नेपालका लागि ३२ औ मिनेटमा सुप्रिया मियाले गोल गरिन् । 

मनमाया मास्केले मध्य भागबाट दिएको उत्कृष्ट पासलाई सदुपयोग गर्दै सेनु परियारले बललाई अगाडी बढाउँदै वर्षाका लागि गोलको अवसर सृजना गरेकी थिइन् । वर्षाले नजिकैको दुरीबाट सहज गोल गरिन् ।   ४३ औ मिनेटमा मनमाया मास्केले पेनाल्टीमा गोल गरिन् ।

यस अघि पहिलो खेलमा नेपाल इरानसँग १–० ले पराजित भएको थियो । 

Comment