पहिलो हाफ बराबरीमा

उत्कृष्ट प्रदर्शनका बाबजुद नेपाली टोली एएफसी यु–१७ महिला एसियन कप छनोटको इरानसँग बुधवार भएको खेलको पहिलो हाफमा गोल रहित बराबरीमा रोकिएको छ । अम्मानको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा भई रहेको खेलको पहिलो हाफमा नेपाल दुई पटक गोलको नजिक पुगेको थियो । 

खेलको दौरान उत्कृष्ट प्रदर्शन गरी रहेकी झुमा विश्वकर्माले बनाएको मुभमा १७ औ मिनेट तथा ४० औ मिनेटमा गोलको नजिक पुगे पनि इरानी गोलरक्षक फतेमी सालेहले उत्कृष्ट ढङ्गले दुवै पटक टोलीको संकट टारेकी थिइन् । ४० औ मिनेटमा सेनु परियारको प्रहार सालेहले बचाए पछि नेपाली टोली चुक चुकाउन बाध्य भएको थियो । 

Comment