तल्लो बरीयताका बाबजुद उत्साहित नेपाली टोली 

नेपाली टोलीले बुधवार सुरु हुने एएफसी यु–१७ छनोट महिला फुटबल प्रतियोगिता अन्तरगत बुधवार नेपालले इरानको सामना गर्ने छ  । मंगलबार जोर्डनमा भएको पत्रकार भेटघाट कार्यक्रममा नेपाली टोलीका प्रशिक्षक विष्णु गुरुङले टोली उत्साहित रहेको प्रतिक्रिया दिए ।

नेपालले बुधवार खेल्ने इरानी टोली महिला वरियतामा अहिले ६७ औ तथा नेपाल १०० वरियतामा नेपाल १०० यौँ स्थानमा छ । टोलीका प्रशिक्षक गुरुङले कम बरीयताको दबाबलाई नै शक्तिमा बदल्ने विश्वास व्यक्त गरे । 

विष्णुको साथमा सहायक प्रशिक्षकको रूपमा एक दशक अघि नेपाली राष्ट्रिय फुटबल टोलीकी रक्षक भगवती थापा सहायक प्रशिक्षक छिन् । 

नेपालको प्रतिद्वन्द्वी इरान अहिले थुप्रै आन्तरिक समस्यामा अल्झिएको  छ । तथापि इरानी प्रशिक्षक सादीले देशको अन्य अवस्थाका कारण फुटबलमा कुनै प्रभाव नपर्ने बताएकी छिन् । 

अर्को वर्ष इन्डोनेसियामा आयोजना हुने एएफसी यु–१७ महिला फुटबलका लागि आयोजक देशका साथै गत संस्करणमा शीर्ष तीन स्थान पाउने जापान, उत्तर कोरिया र चीन छनोट भइसकेका छन् । 

पहिलो चरणमा सबै देशलाई  ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट पहिलो हुने टोली दोस्रो चरणमा प्रवेश गर्ने छन् । दोस्रो चरणमा ८ टोलीलाई दुई समूहमा विभाजन गरिने छ । दुवै समूहको शीर्ष दुई टोली अर्को वर्ष इन्डोनेसियामा आयोजना हुने प्रतियोगिताको अन्तिम चरणमा सहभागिता जनाउने छन् ।

जोर्डनको अमानमा बुधवार साँझ हुने खेलका लागि नेपाली टोलीले अन्तिम समयमा तयारी सिरु गरेको थियो । तथापि यसै टोली केही समय अघि बङ्गलादेशमा भएको दक्षिण एसियाली यूथ च्याम्पियनसिपमा सहभागी भई सकेका कारण टोलीको संयोजन मिलाउन सहज भएको गुरुङले बताएका छन् । 

त्यसो त इरान पनि घरेलु समस्याबाट गुज्रिएको छ । त्यसको असर फुटबलमा देखिन या नदिने नदेखिने भन्ने अनिश्चित नै छ । हिजाब लगाउन नमानेको कारण हिरासतमा राखिएको मसाह अमिनीको मृत्यु भए पछि धेरे महिना देखि इरानका महिलाहरू आन्दोलनमा छन् । यो आन्दोलनका कारण टोलीको मनोबलमा पनि प्रतिकुल असर गर्न सक्ने छ । साथै इस्लामहरूका धार्मिक चाड इदको प्रभाव टोलीको प्रशिक्षणमा परेको जनाइएको छ । 

त्यसे त नेपाली टोलीका प्रशिक्षक गुरुङले यूथ टोलीको उद्देश्य परिणाम भन्दा पनि राम्रो टोली निर्माण र संरचना भएकोमा जोड दिएका छन् । ‘हाम्रा खेलाडीहरू यो एउटा टिम भन्ने महसुस गर्दै खेल्न सुरु गरेका छन् । यो महत्त्वपूर्ण कुरा हो,’ गुरुङले भने । 

नेपाली टोलीको गोल रक्षकमा सुजाता तामाङ, राधिका वली र करुणा बुढाथोकी छन् । रक्षा पक्तिमा अञ्जना पुन मगर, सिमसार राई, रुपा लिम्बू, अमिता भुल, सिता रोकाय, रेणु लिम्बु, दिपा मगर र सुमी हाङमा राई छन् ।

मिडफिल्डमा माया मास्के, झुमा विश्वकर्मा, सुशीला केसी, पुनम चेम्जोङ, भावना परियार र दिलमाया घिसिङ छन् ।

फरवार्डमा सुक्रिया मिया, लीला चन्द, वर्षा ओली, दिपा रोकाय, सेनु परियार र कविता गुरुङ छन् ।

प्रशिक्षक गुरुङ सेनु परियार , वर्षा ओली र सुजाता तामाङबाट बढी आशावादी छन् ।

टोलीकी सहायक प्रशिक्षक भगवती पनि विगत केही महिना देखि एउटै टोलीको रूपमा रहेका कारण आशावादी रहेको बताउँछिन् ।  

Comment