यूथ फुटबल टोली सोमबार जोर्डन जाँदै

अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले जोर्डनमा २६ देखि ३० अप्रिलमा आयोजना हुने महिला एएफसी यु–१७ छनोट फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई आइतबार बिदाइ गरेको छ । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का अध्यक्ष पङ्कज विक्रम नेम्बाङ र मानार्थ अध्यक्ष नरेन्द्र श्रेष्ठले बिदाइ गरे । टोली सोमबार त्यस तर्फ प्रस्थान गर्ने छ । नेपालले जोर्डन र इरानको सामना गर्ने छ ।

बिदाइ कार्यक्रममा एन्फा महासचिव किरण राई ,उपाध्यक्ष दावा लामा,कार्य समिति सदस्य सरिला श्रेष्ठ र मनिस जोशी, राखेप बोर्ड सदस्य बिना श्रेष्ठ,एन्फाका उप महासचिव दामोदर भट्टराई र सह कोशाध्यक्ष पूर्णमान चित्रकारको उपस्थिति थियो ।

टोलीको गोलरक्षकमा सुजाता तामाङ, राधिका वली र करुणा बुढाथोकी छिन् । रक्षा पत्तिमा अञ्जना पुन मगर, सिमराई राई, रुपा लिम्बू, अमिता भुल,सिता रोकाय,रेणु लिम्बु,दिपा मगर र सुमी हाङमा राई छन् ।

मिडफिल्डमा माया मास्के, झुमा विश्वकर्मा, सुशीला केसी, पुनम चेम्जोङ, भावना परियार र दिलमाया घिसिङ छन् ।

फरवार्डमा सुक्रिया मिया, लीला चन्द, वर्षा ओली, दिपा रोकाय, सेनु परियार र कविता गुरुङ छन् ।

टोलीको प्रशिक्षकमा विष्णु गुरुङ, सहायक प्रशिक्षकमा भगवती थापा, टोली नेतामा भरत बहादुर बढ र टिम मेनेजरमा सगेन्द्र खड्का छन् । टिम अफिसियल शैलेस कर्माचार्य र चुन बहादुर थापा र चिकित्सकमा राजु डङ्गोल छन् । 

Comment