दावा बाग्मती वादोरियोका अध्यक्ष

नेपाल वादोरियो कराँते डो सङ्घ बाग्मती प्रदेशको मंगलबार सम्पन्न साधारण सभाले दावा तामाङलाई अध्यक्षमा चयन गरेको छ । बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्य भण्डारीको प्रमुख आतिथ्य तथा नेपाल कराँते महासङ्घका वरिष्ठ उपाध्यक्ष हरि शरणका केसीको उपस्थितिमा भएको कार्यक्रममा नेपाल उसु महासङ्घका महासचिव नवराज ढुङ्गानाको विशेष आतिथ्य थियो । 

अधिवेशनले जगदीश भेटवाललाई उपाध्यक्ष तथा पुरुषोत्तम पोखरेललाई सचिवमा चयन गरेको छ । यसै गरी सुन्दर कार्की कोशाध्यक्ष भए । नेत्र बहादुर भुजेल,जय केसी,राज कुमार कार्की,  पृथ्वी वासुकला, रवीन्द्र कुमार चौधरी, ऋष्मा पोखरेल,एलिना श्रेष्ठ , लक्ष्मी रिजाल र पुण्य काफ्ले सदस्य भए । 

Comment