सुबेदीलाई चेस उपाधि

झापा जिल्ला खुल्ला आमन्त्रण रेटिङ चेस प्रतियोगिताको उपाधि राजन सुबेदीले जितेका छन् । ७ चरणको प्रतियोगितामा सुबेदीले ६ अङ्क हात पारे । 

प्रतियोगितामा समान ६ अङ्क भएका प्रकाश नेपाल दोस्रो तथा ५ अङ्क भएको विकास मैनाली तेस्रो भए । रिब्सन थापा चौथो, हिमाल राई पाँचौँ , विश्व विजय घिमिरे छैटौँ ,विक्रम राई सातौँ, राज लिम्बु आठौँ,बल बहादुर तामाङ नवौँ तथा उमेश राई १० औ भए । 

प्रतियोगितामा वसन्त लामाले भेट्रान,इन्द्र सिग्देलले उत्कृष्ट मेची नगर, रञ्जन राजवंशीले अनरेटेड, प्रयास ढकालले उत्कृष्ट ब्वाइज तथा  प्रसन्ना कुँवरले उत्कृष्ट र्गल्सको उपाधि पाए । 

तीन दिने प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरी ३५ जना खेलाडीको सहभागिता थियो । 

प्रतियोगिताको कुल पुरस्कार राशि १ लाख ९ हजार ५ सय रुपैयाँ थियो । सुबेदीले २५ हजार तथा नेपालले १५ हजार रुपैयाँ पुरस्कार पाए । तेस्रो भएका मैनालीले १३ तथा चौथो भएका थापाले १० हजार रुपैयाँ पुरस्कार पाए । 

प्रतियोगिताले युवा खेलाडीको क्षमता विकासमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास रहेको टुर्नामेन्ट डाइरेक्टर भरत गुरुङले जानकारी दिए । 

प्रतियोगिता नाइट चेस क्लब, मेची युवा चेस एकेडेमी तथा रोटरी क्लब अफ मेची नगरको आयोजनामा सञ्चालन भएको हो ।  

Comment