झापा जिल्ला आमन्त्रण चेस सुरु

झापा जिल्ला खुल्ला आमन्त्रण रेटिङ चेस प्रतियोगिता मंगलबार सुरु भयो । प्रतियोगिताको प्रमुख अतिथि कोसी प्रदेशका सांसद गोपाल तामाङले  उद्घाटन गरे । स्विस लिगको आधारमा तीन दिनसम्म हुने प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरी ३५ जना खेलाडीको सहभागिता छ । 

प्रतियोगिताको कुल पुरस्कार राशि १ लाख ९ हजार ५ सय रुपैयाँ रहेको छ । प्रतियोगिताको आयोजक नाइट चेस क्लब, रोटरी क्लब अफ मेचीनगर र मेची युवा चेस एकेडेमी छन् । 

प्रतियोगिताले युवा खेलाडीको क्षमता विकासमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास रहेको टुर्नामेन्ट डाइरेक्टर भरत गुरुङले जानकारी दिए । 

तिन चरणको समाप्तीमा राजन सुबेदी र  विकास मैनालीको ३ अंक छ । 

Comment